कीवर्डहरू -

देशभरका इन्नोभेसनहरुलाई जोड्ने वेब पोर्टल सार्वजनिक

देशभरका इन्नोभेसनहरुलाई जोड्ने वेब पोर्टल सार्वजनिक

देशभरका इन्नोभेसनहरुलाई जोड्ने वेब पोर्टल सार्वजनिक भएको छ । ‘नेशनल इन्नोभेसन डिजिटल नेटवर्क’ नाम दिइएको यो वेब पोर्टल असोज ११ गते सार्वजनिक गरिएको हो ।

आईतबार आयोजना गरिएको भर्चुअल कार्यक्रम मार्फत नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ र पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गेणेश शाहले सयुक्त रुपमा नेशनल इन्नोभेसन डिजिटल नेटवर्कको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सभापतिको रुपमा नास्टका उपकुलपति सुनिल बाबु श्रेष्ठको उपस्थिति रहेको थियो भने विशेष अतिथिको रुपमा पूर्व मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा अतिथिको रुपमा प्रा. डा रमेश कुमार मास्के, डा महेश कुमार अधिकारी, डा रविन्द्र प्रसाद ढकाल, इन्जिनियर विकास गुरुङ, इन्जिनियर उत्तम पुडासैनि, सजना मर्जन र क्रेग इरिविनको  सहभागिता रहेको थियो । साथै कार्यक्रममा इन्नोभेटर तथा अन्य व्यक्तिको पनि सहभागिता रहेको थियो ।

भर्चुअल कार्यक्रमको मोडरेटरको रुपमा नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा सुरेश कुमार ढुङ्गेल रहेका थिए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वेब पोर्टल विकास गरेको हो ।

यसमा रोबोटिक्स एशोसिएसन नेपाल र नक्शा प्रालिको प्राविधिक सहयोग रहेको छ । त्यस्तै दी एशिया फाउन्डेसन र युके एडको आर्थिक सहयोग रहेको छ ।

नेपाल तथा विश्वभरका नवप्रवर्तकहरु र उनीहरुले नेपालमा गरेका नवप्रवर्तन र आविष्कारहरुको पहिचान तथा नक्साङ्कन गर्ने यस वेब पोर्टलको उदेश्य रहेको छ ।

यस वेबपोर्टलबाट देशभरमा भएका इन्नोभेसनको जानकारी थाहा पाउन सकिने छ । भने आफूले गरेको आविष्कारको जानकारी पनि यसमा राख्न सकिने छ । नेशनल इन्नोभेसन डिजिटल नेटवर्कलाई व्यवस्थापन गर्न एक समिति पनि बनाइएको छ ।