कीवर्डहरू -

देशभर १० हजार ५१८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान

देशभर १० हजार ५१८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान

देशभर १० हजार ५१८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १० हजार ५१८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान सम्पन्न भएको हो ।

प्राधिकरणले देशभर ब्रोडब्याण्ड नेटवर्क तथा कनेक्टिभिटी पुर्‍याउने उदेश्यले अघि बढाएको परियोजनाको सम्झौता प्याकेजको आधारमा ७२.७० प्रतिशत इन्टरनेट जडान सम्पन्न भएको छ ।

ब्रोडब्याण्ड परियोजना अन्तरगत कूल १८ वटा प्याकेज मध्ये दूरसञ्चार प्राधिकरणले १७ वटा प्याकेजमा सम्झौता गरेको छ ।

सम्झौता अनुसार १४ हजार ४६४ स्थानमा इन्टरनेट जडान गर्नुपर्ने छ । जसमा १० हजार ५१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने ६ हजार ८३ स्थानमा जडान गर्न बाँकी रहेको छ ।

भदौ मसान्तसम्म ४६९ स्थानीय निकायको कार्यालय, ३ हजार ९३७ वडा कार्यालय, ३ हजार २९० माध्यामिक विद्यालय र २ हजार ८२२ स्वास्थ्य संस्थामा इन्टरनेट जडान भएको छ ।

प्राधिकरणले १८ वटा प्याकेजमा गरी कूल १६ हजार ६०१ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्ने लक्ष्य लिएको छ । जसमा ७०१ स्थानीय निकायका कार्यालय, ५ हजार ९५३ वडा कार्यालय, ५ हजार ५९७ माध्यामिक विद्यालय र ४ हजार ३५१ स्वास्थ्य संस्था रहेका छन् ।