कीवर्डहरू -

कस्तो ल्यापटप किन्ने ? नोटबुक कि अल्ट्राबुक

कस्तो ल्यापटप किन्ने ? नोटबुक कि अल्ट्राबुक

यस अङ्कमा हामी ल्यापटपका विभिन्न मोडल र कन्फिगुरेसनबारे चर्चा गर्दै छौं । विशेषगरी आकार र प्रकारअनुसार ल्यापटपलाई पा“च समूहमा विभाजन गर्न सकिन्छ ।


१. युएमपिसी (Ultra Mobile PC)
२. नेटबुक
३. नोटबुक
४. डेस्कटप रिप्लेसमेन्ट
५. अल्ट्राबुक (Ultrabook)

१. युएमपिसी
अल्ट्रा मोबाइल पिसी साना हुने गर्छन् । अहिले बजारमा पाइने ट्याब्लेट पिसी ‘अल्ट्रामोबाइल पिसी’अन्तर्गत पर्छन् । प्रायः ट्याब्लेट इन्टरनेट चलाउन, सामान्य सफ्टवेयरहरू प्रयोग गर्न र ई–बुकहरू पढ्न उपयोगी हुन्छन् । यस्ता पिसीका स्क्रिन सात इन्चका हुन्छन् । यसमा प्रोसेसर र मेमोरी थोरै हुने गर्छ । तर, कुनै आइप्याडजस्ता राम्रा प्रोसेसर र मेमोरी भएका ट्याब्लेट पिसीहरू पनि बजारमा उपलब्ध छन् । विश्वबजारमा अहिले ट्याब्लेट पिसीको प्रतिस्पर्धा बढी छ ।


२. नेटबुक
गुगलको क्रोमबुक केही समयअगाडि एकदमै चर्चित थियो । क्रोमबुकलाई नेटबुकको राम्रो नमूनाका रूपमा लिन सकिन्छ । इमेल र इन्टरनेट मात्र चलाउन मिल्ने अनि क्लाउड कम्प्युटिङमार्फत अफिसलगायत अन्य सफ्टवेयर पनि चलाउन मिल्ने ल्यापटप नै नेटबुकको अवधारणा हो । नेटबुक प्रायः ९ देखि १२ इन्चसम्मका हुन्छन् । यिनीहरूको राम्रो पक्ष भनेको ब्याट्री ब्याकअप धेरै हुन्छ र मूल्य पनि अरूभन्दा सस्तो हुन्छ । तर, नेटबुकमा अप्टिकल ड्राइभ हु“दैन ।


३. नोटबुक
सबै मूलधारका ल्यापटपहरूलाई नोटबुक भन्न सकिन्छ । करिब १५ इन्चको स्क्रिन, २ सय ५० गिगाबाइट हार्डडिस्क, i3 , i5 प्रोसेसर भएका ल्यापटपहरूलाई नोटबुक भन्न सकिन्छ । हामीले बुझ्ने चलनचल्तीको ल्यापटप यही वर्गमा पर्छ । यस्तो ल्यापटपमा अप्टिकल ड्राइभ पनि हुने गर्छ ।


४. डेस्कटप रिप्लेसमेन्ट
१७ इन्च वा त्योभन्दा माथिको ठूलो स्क्रिन भएका ल्यापटपलाई डेस्कटप रिप्लेसमेन्ट ल्यापटप भनिन्छ । यी ल्यापटपहरूलाई हाम्रो घरमा डेस्कटपको सट्टामा प्रयोग गर्न सकिन्छ । यी ठूला ल्यापटप बोकेर हि“ड्न गाह्रो हुन्छ र ब्याट्री ब्याकअप पनि थोरै हुन्छ । इन्टेलको i5 , i7 प्रोसेसर, राम्रो ग्राफिक्स आदि यसका प्रमुख विशेषता हुन् ।

\"\"


५. अल्ट्राबुक
हेर्दा आकर्षक र पातलो अनि हलुका ल्यापटपहरू यस वर्गअन्तर्गत पर्छन् । पातलो र हलुका भए पनि अल्ट्राबुकहरू शक्तिशाली हुन्छन् र मह“गा पनि । धेरै राम्रो रिजोलुसन अनि डेडिकेटेक ग्राफिक्स अल्ट्राबुकको प्रमुख विशेषता हो । म्याकबुक प्रो, एसर टाइमलाइन अल्ट्राबुकका नमूना हुन् । यसको ब्याट्री ब्याकअप पनि राम्रो हुन्छ ।