कीवर्डहरू -

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

प्रतिबन्ध कार्यान्वयनमा आउनु भन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् । यसबारे विस्तृत फैसला पछि आउने बताइएका छ ।

टिकटकले राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै त्यसमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश जारी गरेका थिए ।

विश्वको लोकप्रिय शर्ट भिडियो शेयरिङ एप टिकटकलाई बाइटडान्सले सन् २०१७ मा सार्वजनिक गरेको थियो । विश्वभर टिकटकका ५० करोड र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता रहेका छन् ।

एजेन्सीको सहयोगमा