कीवर्डहरू -

ओप्पो एन्को डब्लु ५१ हेडफोन र ओप्पो वाच नेपालमा  

ओप्पो एन्को डब्लु ५१ हेडफोन र ओप्पो वाच नेपालमा  

ओप्पोले एफ १७ प्रोका साथमा नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लु ५१ र ओपो वाच पनि सार्वजनिक गरेको छ ।

ओप्पो एन्को डब्लु वायरलेस हेडफोनले वायरलेस चार्जिङ सपोर्ट गर्छ । यसमा बुलुटुथ र नोइज क्यानसिलेसनको सुविधा रहेको छ ।

ओप्पो वाच  ४१ एमएम र ४६ एमएम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । तिनको मूल्य क्रमशः २४ हजार ९९० रुपैयाँ, ३४ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ । ओप्पो वाच  ४१ एमएममा १४ दिनसम्म ब्याट्री ब्याकअप दिने कम्पनीले जनाएको छ । त्यस्तै ४६ एमएमको वाचमा २१ दिनसम्मको ब्याट्री ब्याकअप दिनेछ ।

त्यसैगरी, ओपो एन्को डब्लु ५१ को मूल्य ८ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ । ओपो एफ १७ प्रो र वाच खरिद गर्न चाहने उपभोक्ताका लागि सेप्टेम्बर २८ देखि ३० सम्म प्रिबुकिङ खुल्ला गरिएको छ ।