कीवर्डहरू -

पोख्रेली पानी पिउरोको  काठमाडौंमा \'डिजिटल प्रोडक्ट लन्च\'

पोख्रेली पानी पिउरोको  काठमाडौंमा \'डिजिटल प्रोडक्ट लन्च\'

सभा समारोह गर्न सहज परिस्थिति नभएकोले पोख्रेली पानीको ब्राण्ड पिउरोको काठमाडौंमा 'डिजिटल प्रोडक्ट लन्च' गरिएको छ।

उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा डिजिटल लन्च गरिएको हो। पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि पसलहरुमा उपलब्ध हुने बताइएको छ।

गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेज प्रालिले गरेको हो। उपत्यकामा पिउरो एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ।

खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देश अशोक खड्का बताउँछन्।

उनी भन्छन् "खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परिक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेक हप्ता परिक्षण गर्दै आएका छौं र ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं।"

पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउंदै आएको खड्का बताउँछन्। उनी थप्छन् "हामी ग्राहकको स्वास्थ्य प्रती सचेत छौं। त्यसैले लुकाउनु पर्ने केही छैन।

साथै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर काम गरेका छौं।" पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काको दाबी छ।

पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतल सँगै बीस लिटरको जार पनि बिक्रि गर्दै आएको छ।