कीवर्डहरू -

बिटकोइन तथा ब्लकचेन प्रविधि नै ट्वीटरको भविष्यः ज्याक डोर्सी 

बिटकोइन तथा ब्लकचेन प्रविधि नै ट्वीटरको भविष्यः ज्याक डोर्सी 

माइक्रो ब्लगिङ साइट ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले बिटकोइन र ब्लकचेन प्रविधि नै ट्वीटरको भविष्य भएको बताएका छन् । यसले ह्याकरहरुबाट सुरक्षित राख्न मद्दत पुर्‍याउने भन्दै उनले यस्तो बताएका हुन् ।

यसले कुनै पनि कन्टेन्टलाई सधैको लागि सुरक्षित राख्ने ओस्लो फ्रिडम फोरम २०२० को भर्चुअल कार्यक्रममा उनले बताए ।

डोर्सीले गत वर्ष सोसल मिडियाको लागि खुल्ला तथा विकेन्द्रीकरण मानक विकास गर्न नाफा नकमाउने कम्पनी ब्लुस्काईको घोषणा गरेका थिए ।

ब्लु स्काई ट्वीटर भन्दा पुरै भिन्न कम्पनी भएको बताइएको छ । यसले खुल्ला ट्वीटर प्रोटोकल बनाउने गर्दछ र यसको डेटामा प्रयोगकर्ताले पनि पहुँच पाउन सक्छन् । ट्वीटर ब्लु स्काइको क्लाइन्ट बन्ने प्रक्रियामा छ ।

यसले गर्दा ट्वीटरमा हरकोहीले पहुँच पाउन सक्दछन् र केही आफ्नो तर्फबाट मद्दत पनि गर्न सक्छन् । बीटकोइनलाई प्रयोग गरेर भने अझै सुरक्षा प्राप्त गर्न सकिन्छ ।

ज्याक डोर्सीका अनुसार एक दिन इन्टरनेटको पैसा भने बीटकोइन बन्नेछ । यसबाट भुक्तानी गर्न पनि सजिलो हुनेछ ।

एजेन्सीको सहयोगमा