कीवर्डहरू -

नेप्सेले पास गर्‍यो आइटी पोलिसी

नेप्सेले पास गर्‍यो आइटी पोलिसी

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को सञ्चालक समितिले आइटी पोलिसी पास गरेको छ । केही दिन अगाडी बसेको नेप्सेको सञ्चालक समितिको बैठकले आइटी पोलिसी पास गरेको हो ।

नेप्सेले आइटी पोलिसी पास गरेपछि अब लागु गर्नका लागि नेपाल घितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ । उक्त आइटी पोलिसीमा डेटाको सुरक्षा, डेटा इन्स्टल, फायरवाल, सावधानी लगायत विभिन्न विषयहरु समेटिएका छन् ।

यद्यपी आइटी पोलिसी भित्रै पर्ने एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) नीति भने अनुमोदन भएको छैन । आइटी पोलिसी अन्तर्गत नै राखेको एपीआईको लागि छुट्टै पोलिसी बनाउन धितोपत्र बोर्डले निर्देशन दिएकाले यसलाई अन्तिम रुप दिन बाँकी रहेको छ ।

नेप्सेले निश्चित शूल्क लिएर ब्रोकर लगायत आवश्यक पर्ने अन्य संस्थाहरुलाई समेत एपीआई दिने तयारी गरेको छ । जसको लागि नेप्सेले निश्चित मापदण्ड पनि बनाएको छ ।