कीवर्डहरू -

निसानको धमाकेदार दशैं, तिहार तथा छठ अफर, २० लाख रुपैयाँ नगद छुटका साथै अन्य आकर्षक अफर

निसानको धमाकेदार दशैं, तिहार तथा छठ अफर, २० लाख रुपैयाँ नगद छुटका साथै अन्य आकर्षक अफर

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यस  अफर  अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिनेछ ।

उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । यसका साथै ३५ हजार ९९९ रुपैंया बराबरको रेडमी नोट नाइन प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन ।

यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजार रुपैयाँ सम्मको फ्री एशोसरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको बोस्क हाई प्रेसर वासर, तिन वर्षको वारेन्टि, तिन बर्ष सम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन ।