कीवर्डहरू -

विद्युतीय सवारीसाधन र इन्धनबाट चल्ने सवारीसाधनबीचका मुख्य भिन्नताहरू

विद्युतीय सवारीसाधन र इन्धनबाट चल्ने सवारीसाधनबीचका मुख्य भिन्नताहरू

बाहिरबाट हेर्दा विद्युतीय सवारीसाधनहरू, इन्धन (पेट्रोलियम पदार्थक)बाट चल्ने सवारीसाधनजस्तै देखिन्छन् । यत्ति हो कि विद्युतीय सवारीसाधनमा टाइल पाइप हुन्न । तर, भित्री बनावटका आधारमा प्रायः सबै फरक हुन्छ । अमेरिकाको क्यालिफार्नियास्थित एडभान्स्ट ट्रान्स्पोर्ट कन्सोर्टिएम ( CALSTART ) का अनुसार विद्युतीय सवारीसाधन र इन्धनबाट चल्ने सवारीसाधनका कम्पोनेन्ट पार्टहरूका आधारमा ७० प्रतिशत भिन्नता पाइन्छ ।


यी सवारीसाधनहरूबीचको महत्वपुर्ण  भिन्नता भनेको यिनमा समावेश गरिने मुभिङ पार्ट (मोटर)हरूको संख्या हो । विद्युतीय सवारीसाधनमा एउटा मात्र मोटर हुन्छ भने इन्धनबाट चल्ने सवारीसाधनमा सयौ“ मोटरहरू समावेश हुन्छन् । यसरी विद्युतीय सवारीसधानमा एउटा मात्र मोटर हुनुको पनि अर्र्को महत्वपुर्ण छ । किनभने सवारीसाधनमा जति थोरै मोटरको संख्या भयो त्यति नै थोरै मेन्टेनेन्स गरे पुग्छ । अथवा, बारम्बार मेन्टेनेन्स गरिरहनु नपर्ने भएकाले विद्युतीय सवारीसाधन बढी भरपर्दो हुन्छन् ।


यी सवारीसाधनहरूबीचको महत्वपुर्ण  भिन्नता भनेको यिनमा समावेश गरिने मुभिङ पार्ट (मोटर)हरूको संख्या हो । विद्युतीय सवारीसाधनमा एउटा मात्र मोटर हुन्छ भने इन्धनबाट चल्ने सवारीसाधनमा सयौ“ मोटरहरू समावेश हुन्छन् ।

अर्कोतर्फ, इन्धनबाट चल्ने सवारीसाधनहरूमा बारम्बार ओइल तथा फिल्टर परिवर्तन गर्नुपर्ने, धेरै सिष्टम रिपेयर गर्नुपर्नेदेखि लिएर वाटर पक्प, फ्युल पम्प, अल्टरनेटलगायतका पनि समयसमयमा परिवर्तन गर्दै जानुपर्ने हुन्छ । विद्युतीय सवारीसाधनलाई भने तुलनात्मक रूपमा निकै कम मात्रामा मेन्टेनेन्स गरे पुग्ने भएकाले यिनको मेन्टेनेन्स खर्च पनि कम हुन्छ ।

यस्ता साधनमा हुने मोटर भरपर्दो हुने भएकाले एकदमै कम मेन्टेनेन्स वा यसको आवश्यकता नपर्न पनि सक्दछ । यसैगरी, विद्युतीय सवारीसाधनमा अहिले प्रयोग हुने एसिड ब्याट्रीहरू शिल गरिने हुनाले मेन्टेनेन्स गर्नुपर्दैन । यद्यपि, यस्तो ब्याट्रीको लाइफ सर्कल सीमित हुने हुनाले समय–समयमा परिवर्तन भने गर्नुपर्ने हुन्छ । तर, अहिले विद्युतीय सवारीसाधनमा त्यस्तो ब्याट्रीको विकास गरि“दै छ, जसलाई सवारीसाधनको पूरै आयुभरि नै फेर्नुपर्दैन ।


विद्युतीय सवारीसाधनका बारेमा यति भनिरह“दा यसलाई प्रयोग गर्ने क्रममा भने केही चुनौतीहरूको सामाना गर्नुपर्ने हुन सक्छ । पहिलो त, अहिले यसका लागि उपलब्ध सीमित ब्याट्री टेक्नोलोजी नै हो । यद्यपि, नया“ ब्याट्री टेक्नोलोजी भने विकास भइ नै रहेको छ । यसैगरी, विद्युतीय सवारीसाधन धनीहरूलाई साधन मेन्टेनेन्स गर्ने प्राविधिकहरूको कमी पनि रहेको देखिन्छ ।

इलेक्ट्रिक सवारीसाधनको आवश्यक चार्जिङ स्टेशनको उपलब्धता र व्यवस्थापन पनि अर्को महत्वपुर्ण पक्ष रहेको छ । अर्कोतर्फ विद्युत् र पेट्रोलियम पदार्थ दुबैबाट चल्ने सवारीसाधनहरू पनि प्रचलनमा आइरहेका छन् ।