कीवर्डहरू -

आईफोनमा यसरी प्रयोग गर्नुहोस् पिक्चर इन पिक्चर मोड

आईफोनमा यसरी प्रयोग गर्नुहोस् पिक्चर इन पिक्चर मोड

एप्पलले केही समय अगाडी नयाँ फिचर सहित आईओएस १४ सार्वजनिक गरेको थियो । आइओएस १४ को थुप्रै फिचरहरु मध्येको एक फिचर हो पिक्चर इन पिक्चर (पीआईपी) मोड ।

यो फिचरले गर्दा प्रयोगकर्ताहरुले एप प्रयोग गर्दागर्दै कुनै अरु भिडियो हेर्न वा भिडियो च्याट गर्न सक्छन् । यसमा भिडियो सानो पपअप विन्डोमा हेर्न सकिन्छ । आज हामी तपाईलाई आईफोनमा कसरी पीआईपी मोड प्रयोग गर्ने जानकारी दिदैछौं ।

यसरी गर्नुहोस् प्रयोग

आईफोनमा पीआईपी मोड प्रयोग गर्न सबैभन्दा पहिला प्रयोगकर्ताहरुले पिक्चर इन पिक्चर मोड सपोर्ट गर्ने कुनै भिडियो एप वा वेबसाइट खोल्नुपर्छ । त्यसपछि भिडियो छानेर त्यसलाई प्ले गर्नुपर्छ ।

यति गरेर भिडियो चलेपछि होम बटन बिना नै तलबाट स्वाइप अप गर्नुपर्छ वा होम बटनमा थिचिरहनुपर्छ । त्यसपछि भिडियो होम स्क्रीनको माथि स्वतः चल्न थाल्छ । त्यसपछि त्यो पप अप विन्डोलाई जहाँ पनि लान सकिन्छ ।

पप अप विन्डोको साइज पनि परिवर्तन गर्न मिल्छ । पिक्चर इन पिक्चर मोडलाई बन्द गर्न भने ‘X’ आईकनमा थिच्नुपर्छ ।