कीवर्डहरू -

गेमिङ क्षेत्रमा प्रवेश गर्दैं अमेजन, घोषणा गर्‍यो क्लाउडमा आधारित गेमिङ सेवा लुना

गेमिङ क्षेत्रमा प्रवेश गर्दैं अमेजन, घोषणा गर्‍यो क्लाउडमा आधारित गेमिङ सेवा लुना

अनलाइन सपिङमा लोकप्रिय कम्पनी अमेजनले क्लाउडमा आधारित गेमिङ सेवा लुनाको घोषणा गरेको छ । अहिलेको समयमा गेम स्ट्रीमिङ् एकदमै चर्चित बन्दै गइरहेको छ । त्यही दौडमा अब अमेजन पनि सहभागी भएको हो ।

क्लाउड गेमिङ् सर्भिस भएकाले यो आफ्नै अमेजन वेब सर्भिस (एडब्लुएस) सर्भरमा काम गर्ने गर्दछ । त्यसपछि हाम्रो डिभाइसमा स्ट्रीम हुने गर्दछ । यसले दुई ओटा सब्सक्रिप्सन प्याक दिने जनाएको छ ।

यसमा भएको सबै गेमहरुको लिस्ट भने अहिले सम्म आइसकेको छैन तर यसमा कन्ट्रोल, रेसिडेन्ट एभिल भिआईआईः बायोहेजार्ड, सोनिक म्यानिया र ब्लडस्टेन्डः रिचुअल अफ द नाइट जस्ता गेमहरु रहेका छन् ।

यो पीसी, म्याक, आइओएस डिभाइस र फायर टीभी डिभाइसमा चल्ने गर्दछ । सब्सक्राइबरहरुले लुनालाई ब्लुटुथ प्रयोग गरेर पनि चलाउन सक्छन् ।

तर अमेजनले पनि ४९.९९ अमेरिकी डलरमा लुना कन्ट्रोलर निकालेको छ । वाईफाईको जडानले लुना कन्ट्रोलर चलाउन अझै सजिलो हुन्छ । यो चाँडै नै ग्राहकको माझमा आउने बताइएको छ ।

एजेन्सीको सहयोगमा