कीवर्डहरू -

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’  अर्को वर्ष सार्वजनिक गर्ने भएको छ । गत साल ग्यालेक्सी ए ७१ लाई सामसङ्ले डिसेम्बरमा रिलीज गरेको थियो ।

अहिले भने सामसङ् ग्यालेक्सी ए ७२ स्मार्टफोन बनाई रहेको छ । ग्यालेक्सी ए ७२ सँगसँगै सामसङ्ले अर्को वर्ष ग्यालेक्सी ए ५२ पनि निकाल्ने भएको छ ।

रिपोर्टको अनुसार सामसङ्को ग्यालेक्सी ए ७२ मा ६४ मेगापिक्सेल मेन सेन्सर, १२ मेगापिक्सेल अल्ट्रा वाइड एङ्गल लेन्स, ३ गुणा अप्टिकल जूम भएको ८ मेगापिक्सेल टेलिफोटो लेन्स , ५ मेगापिक्सेल म्याक्रो र ५ मेगापिक्सेल पोट्रेट क्यामेरा रहेका छन् ।

कम्पनीले पहिले जस्तै आयताकार आकारमा पाँच ओटा क्यामेरा अटाउने बताइएको छ । स्मार्टफोनमा ओआईएस सपोर्ट पनि हुनेछ ।

यसमा फाइभजी सपोर्ट पनि रहने बताइएको छ । यो भन्दा पहिले नोकियाले पनि पाँच ओटा क्यामेरा भएको फोन निकालेको थियो ।

एजेन्सीको सहयोगमा