कीवर्डहरू -

एनसेलको नयाँ अफर, ४० पैसा प्रति एमबी सम्ममा डेटा प्रयोग गर्न सकिने

एनसेलको नयाँ अफर, ४० पैसा प्रति एमबी सम्ममा डेटा प्रयोग गर्न सकिने

निजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ । यस अन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने छन् ।

यो योजना बुधबार (असोज १४) देखि लागु भएको छ । पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी कर बाहेक २ रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजना ल्याइएको एनसेलले जनाएको छ ।

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदि ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि २० रुपैयाँ सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रुपैयाँ प्रति एमबी पर्दछ ।

एक हप्तामा ग्राहकले २० रुपैयाँ देखि ५० रुपैयाँ सम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क १ रुपैयाँमा झर्दछ ।

त्यसैगरी यदी ग्राहकले एक हप्तामा ५० रुपैयाँ भन्दा बढी खर्च गर्ने बितिकै प्रति एमबी मात्र ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।

साप्ताहिक चक्रमा हरेक हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएजयूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना सञ्चालन हुन्छ ।

जस्तै कुनै ग्राहकले आइतबार देखि बुधबार सम्ममा पेएजयूगो डेटा सेवामा २३ रुपैयाँ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० रुपैयाँ भन्दा बढि खर्च हुने बित्तिकै पेएजयूगो शूल्क त्यहि हप्ताको शनिबार मध्यरातसम्मका लागि १ रुपैयाँ प्रति एमबीमा झर्नेछ ।

त्यस्तै सोही ग्राहकको खर्च उक्त हप्ता ५० रुपयाँ भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिवार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्दछ।

आफ्ना ग्राहककालागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेको कम्पनीले बताएको छ ।

सुलभ दरमा डाटा प्रयोग गर्न डाटा प्याकहरु सबै भन्दा राम्रो विकल्प भए पनि, यस योजनाले कुनै डाटा प्याक सुचारु नगरी पेएजयूगोमा डाटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।