कीवर्डहरू -

३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता डिशहोम गोबाट हेर्न सकिने

३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता डिशहोम गोबाट हेर्न सकिने

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुने भएको छ । 

प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी–१ टेलिभिजन च्यानलमार्फत गरिने भएको आयोजकले जनाएको छ । यसले देश तथा विदेशमा रहेका फुटबल प्रेमी दर्शकहरूलाई घरमै बसेर खेलको प्रत्यक्ष आनन्द लिन सहज बनाउने विश्वास आयोजकको छ ।

बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ हात पार्नेछ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ उपाधिसहित १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीय टिम एपीएफ फुटबल क्लब, सुन्दरबजार फुटबल क्लब, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो फुटबल क्लब, लालीगुराँस लगायत क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।