कीवर्डहरू -

सुविसुले नोकियासँगको सहकार्यमा देशभर नेटवर्क विस्तार गर्ने

सुविसुले नोकियासँगको सहकार्यमा देशभर नेटवर्क विस्तार गर्ने

सुविसु केवलनेट प्रा.लिले अन्तराष्ट्रिय कम्पनी नोकिया सोलुसन्स एण्ड नेटवर्कसँगको सहकार्यमा फाइबर नेटवर्क विस्तार गर्ने भएको छ । बुधवार होटल अन्नपुर्णमा आयोजित विशेष कार्यक्रममा सुविसु, नोकिया र नियोटेरिक नेपालबिच यसबारे सम्झौता भएको छ ।

देशभरी ब्रोडव्याण्ड इन्टरनेटको पुर्वाधार बिकास गर्नका लागि नेपाल सरकार तथा नेपाल दुरसंचार प्राधिकरणले देशमा संचालित टेलिकम तथा इन्टरनेट प्रोभाइडर सर्भिस कम्पिनीसँग सहकार्य गर्दै आएको छ । सुविसुले पछिल्लो समय प्रदेश २ को आठ वटा जिल्लाहरुमा  FTTH नेटवर्कको पुर्वाधार विकास गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्विकृती प्रदान गरेको छ ।

यसको लागि आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले NOKIA सँग गुणस्तरीय प्रडक्टको लागि हातेमालो गरेको सुविसुका एक्जुक्युटिभ सिइयो बिनय मोहन साउदले जानकारी दिए ।
आजको दिनमा FTTH इमर्जिङ ब्रोडव्याण्ड टेक्नोलोजी रहेको र सुबिसले ग्राहकहरुलाई उच्चस्तरीय सपोर्ट र सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य रहेको साउदले जानकारी दिए ।

\"\"
NOKIA ले संसारभरी संचार सेवालाइ आवद्ध गरेको छ । यसले नयाँ प्रविधिहरुको अनुसन्धान तथा खोजि गरी सरकारी निकाय, ठुलो व्यापारीक प्रतिष्ठान र ग्राहकहरुलाई उच्च गुणस्तरको विभिन्न प्रकारको उपकरणहरु तथा सेवाहरु प्रदान गरिआएको छ । नोकियाका प्रतिनिधि विनिस बावाले सुविसुसँगको सहकार्यले नेपालमा इन्टरनेटको पहुच विस्तारमा ठुलो फड्को मार्ने बताए ।

यसैगरी नेपालमा नोकिया सोलुसन्सकोको प्रतिनिधि नियोटेरिक नेपालले विगत १५ वर्षदेखि नेपालमा आइटी क्षेत्रमा काम गरिरहेको छ । नियोटेरिक नेपालका प्रवन्ध निर्देशक सञ्जय गोल्छाले यो सम्झौताबाट देशमा नया प्रविधिको विस्तारमा सहयोग पुग्ने बताए । देशभर हाइस्पिड इन्टरनेट पुर्याउन नोकिया र सुविसुको सम्झौताले महत्वपुर्ण अर्थ राख्ने बताए ।