कीवर्डहरू -

आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता

आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र लालबन्दी खानेपानीबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेण्ट पार्टनरहरू वा ‘आइएमई पे’ वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमईका २ नम्बर प्रदेश इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट ६ हजार ५ सय १४ घरधुरी लाभान्वित हुनेछन् ।