कीवर्डहरू -

भायानेटले ल्यायो दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर 

भायानेटले ल्यायो दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर 

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर सार्वजनिक गरेको छ ।

विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेट प्रदान गर्दै आइरहेको भायानेटले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर आफ्ना ग्राहकहरुका लागि ल्याएको हो ।

कम्पनीका अनुसार नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट वडा दशैंमा वडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भौचर प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काईवर्थ एलइडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार ९९० रुपैयाँमा प्राप्त गर्नेछन् ।

त्यस्तै ३२ इन्चको स्काईवर्थ एलइडी टिभीको साथ ३० एमबीपीएस  इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९९० रुपैयाँ प्राप्त गर्नेछन् ।

यति मात्र होइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको ६५० रुपैयाँ सम्मको क्यास भौचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप ६०० रुपैयाँ सम्मको छुट पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशत भन्दा बढीको छुट पाउने भायानेटको दाबी छ ।

त्यसैगरी भायाटिभी सेवाको साथमा युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलइडी टिभीमा स्मार्ट टिभीको फिचरको पनि मजा लिन सकिने कम्पनीले बताएको छ ।