कीवर्डहरू -

नेपालमा ओप्पो एफ १७ प्रोको बिक्री आरम्भ, यस्ता छन् विशेषता

नेपालमा ओप्पो एफ १७ प्रोको बिक्री आरम्भ, यस्ता छन् विशेषता

ओप्पोले नेपालमा आजबाट एफ १७ प्रोको विक्री आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको विक्री खुल्ला गरेको हो ।

सेप्टेम्बर २७ मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओप्पोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ १७ प्रोका साथमा एन्को डब्ल्यू५१ र ओपो वाच पनि सार्वजनिक गरेको थियो ।

नेपालमा ओप्पोको दोस्रो अनलाईन लञ्च ईभेन्टमा नेपाली चलचित्र जगतका लोकप्रिय स्टार्स, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप विक्रम शाही, नयिका तथा मोडल अलिशा राईका साथै फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईले पनि उपस्थिती जनाएका थिए ।

नेपालमा ओप्पो एफ १७ प्रोको मूल्य

८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल क्षमताका साथमा उपलब्ध गरिएको ओप्पो एफ १७ प्रोको मूल्य नेपालमा ४३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । कम्पनीले स्मार्टफोन म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

फोनका विशेषता बारे संक्षिप्त जानकारी

ओपो एफ १७ प्रोमा ६.४३ ईञ्च सुपर एमोलेड फुल एचडी प्लस डिस्प्लेका साथमा १६ मेगापिक्सेल प्लस २ मेगापिक्सेल फ्रण्ट क्यामेरा सेटअपका लागि डुअल पञ्च होल कटआउट दिइएको छ ।

यस स्मार्टफोनको ब्याक प्यानलमा ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ । तिनमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेल म्याक्रो र २ मेगापिक्सेल डेप्थ सेन्सर रहेका छन् ।

ओपोका अनुसार एफ १७ प्रो सन् २०२०कै स्लिकेस्ट फोन हो । यसको मोटाई ७.४ एमएम अल्ट्रा थिन र वजन जम्मा १६४ ग्रामको अल्ट्रा लाइटवेट बडी छ ।

एफ १७ प्रोमा मिडियाटेक हेलियो पी ९५ एआई चिपसेटका साथमा ८ जीबी र्‍याम र १२८ जीबी सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसमा रहेको थ्री कार्ड स्लोटका माध्यमबाट सञ्चय क्षमतालाई ५१२ जीबी सम्म बढाउन सक्छन् ।

एफ १७ प्रोको एन्टि ल्यागिङ अल्गोरिथमले मेमोरी एरर उत्पन्न गराउन सक्ने डाटाको पहिचान गरी तिनको सफाइ गर्ने क्षमता राख्छ ।

यसले गर्दा स्टटर्स र फ्रिजहुने जस्ता समस्या आउन पाउँदैन । त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३० वाट भोक फ्ल्याश चार्ज प्रविधि सुसज्जित ४,००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा ईन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

ओपो एफ १७ प्रोमा एण्ड्रोइड १० मा आधारित कलर ओएस ७.२ सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ । ओपो १७ प्रो नयाँ कलरओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याचका स्मार्टफोन्स मध्यको हुनेछ । प्रयोगकर्ताका जीवनस्तर उकास्न यसमा अझ बढी फञ्शन्सहरु उपलब्ध गराइएका छन् ।