कीवर्डहरू -

क्वालकमको स्न्यापड्रयाग्न प्रोसेसर प्रयोग गर्न हुवावे इच्छुक  

क्वालकमको स्न्यापड्रयाग्न प्रोसेसर प्रयोग गर्न हुवावे इच्छुक  

क्वालकमको स्न्याड्रयाग्न प्रोसेसर प्रयोग गर्न इच्छुक हुवावे रहेको हुवावेका अध्यक्षले बताएका छन् । हुवावेलाई अमेरिकामा ब्यान्ड गरेपछि कम्पनीले त्यहाँबाट कुनै पनि सामान किन्न पाउँदैनन् ।

यही कारणले गर्दा हुवावेको प्रोसेसर स्टकबाट सकिन लागेको छ । सोही कारणले गर्दा हुवावे क्वालकमको स्न्यापड्रयागन प्रोसेसर प्रयोग गर्नमा आकर्षित भएको हो ।

अमेरिकी सरकारले क्वालकमलाई हुवावेसँग सम्झौता गर्न भने दिइरहेको छैन तर हुवावेको कोसिस जारी नै रहेको छ । हुवावेका अध्यक्ष गुओ पिङ्ले भने हुवावेले क्वालकमसँग काम गर्न इच्छुक रहेको र उनीहरुकै चीपसेट प्रयोग गर्न चाहेको बताएका थिए ।

सँगसँगै उनले अमेरीकी सरकारले फेरि विचार गर्‍यो भने उनीहरुले अमेरिकी बजारबाट नै सामान किन्ने जनाएका थिए । यो भन्दा पहिले पनि हुवावेले क्वालकम प्रोसेसर प्रयोग गरेको छ ।

आफ्नो नोभा सिरीज, नेक्सस ६ पी र वाई ७ २०१९ को सिरीजमा हुवावेले क्वालकम प्रोसेसर प्रयोग गरेको थियो । एजेन्सीको सहयोगमा