कीवर्डहरू -

नेपाल इन्जिनियरिङ कलेजमा ‘हल्ट प्राइज’ आयोजना हुदै  

नेपाल इन्जिनियरिङ कलेजमा ‘हल्ट प्राइज’ आयोजना हुदै  

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ नेपाल इन्जिनियरिङ कलेजमा आयोजना हुने भएको छ ।

विश्वविधालयका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने गरी आगामी डिसेम्बरमा आयोजना हुन लागेको  हल्ट प्राइज नेइकका लागि विभिन्न कार्यसमिति मार्फत कार्यक्रमको तयारी अगाडी बढिसकेको हल्ट प्राइज नेइकका क्याम्पस निर्देशक निरज विकेले बताए ।

दिगो विकासका लक्ष्यहरुलाई मध्यनजर गर्दै ‘Food for Good:Transforming Food into Vehicle for Change’ भन्ने चुनौती लाइ लिएर  यस बर्ष को प्रतिस्पर्धा हुने र विद्यार्थीहरुले आफ्नो समूह बनाइ प्रतिस्पर्धा गर्न पाउने छन । यस चुनौतीमा उत्कृष्ट सामाजिक व्यवसायिक योजना प्रस्तुत गर्ने विद्यार्थी समूहले अघिल्लो चरणको   क्षेत्रीय प्रतिस्पर्धाको लागि छनौट हुने निर्देशक बिकेले जानकारी दिए ।

\"\"

एक बर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोबल विजेताले दश लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने छन । खाध सुरक्षा ,शुद्ध खानेपानी , शिक्षा , उर्जाको क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याको चुस्त समाधान खोज्ने हेतुले  हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा हल्ट प्राइज प्रत्यक वर्ष विश्वभर हुदै आएको छ ।

सन् २००९ बाट शुरु भएको र पहिलो वर्षमा नै पच्चीस देशका एक हजार विद्यार्थी सहभागी भएका हल्ट प्राइजको प्रतिस्पर्धामा  अहिले विश्वका एक सय बीस देशका दुइ हजार भन्दा बढी विश्वविधालयका विद्यार्थीहरुले भाग लिने गरेका छन ।