कीवर्डहरू -

अनुसन्धान अवसर र स्कोप बारे शनिबार वेबिनार आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

अनुसन्धान अवसर र स्कोप बारे शनिबार वेबिनार आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

नेपालको सूचना प्रविधि कम्पनी माउन्टेक सोलुसनले शनिबार साँझ ५ देखि ७ बजेसम्म ‘रिसर्च अपर्चुनिटी एण्ड स्कोप फर पोस्पेक्टिभ स्टुडेन्ट्स’ बिषयकमा वेबिनार आयोजना गरेको छ ।

यो कार्यक्रम अनौपचारिक हुनेछ र स्वदेश तथा  विदेशमा विज्ञान र प्रविधिको विभिन्न क्षेत्रमा अनुसन्धात्मक काम र अनुसन्धानका अवसरहरू खोज्ने सम्भावित तरिकाहरूबारे छलफल गरिनेछ ।

कार्यक्रम पूर्ण नि:शुल्क रहेको छ । यस कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी दर्ता गर्नुहोस् । कार्यक्रमबाट अनुसन्धानको क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने बारे उचित मार्गदर्शन र जानकारीको पाइने आशा गरिएको छ ।

यस सेसनको मुख्य उद्देश्य विश्वका विभिन्न भागबाट अनुसन्धानकर्ता र शिक्षाविद् ल्याउनु हो जसले एक शोधकर्ताको रूपमा उल्लेखनीय योगदान पुर्‍याएका छन् र यस क्षेत्रमा  वर्षौं  देखि अनुसन्धानका काम गरिसकेको अनुभवहरू छन् ।

सहभागीहरुले सम्भावित अनुसन्धानको अवसरको बारेमा पनि जान्ने मौका प्राप्त गर्ने छन् । एमफिल, पीएचडीको लागि छात्रवृत्ति तथा  अष्ट्रेलिया, जर्मनी, स्विजरल्याण्ड, युनाइटेड किंगडम र अन्य विभिन्न अनुसन्धान संस्थाहरूमा पोस्टडक्टरल स्थितिको बारेमा पनि विस्तृत जानाकारी हासिल गर्ने जनाइएको छ ।

यस कार्यक्रममा सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालय, अष्ट्रेलियामा पोस्टडक्टरल अनुस्धानकर्ता डा. यादव शर्मा बजगई, अस्ट्रेलियाको डेकिन विश्वविद्यालयमा प्राध्यापक डा. सुनील अर्याल, सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालयका प्राध्यापक डा. अर्जुन न्यौपाने, डीएचएलका डेटा वैज्ञानिक डा. झनक पराजुली प्यानलिष्टको रुपमा रहेका छन् ।

त्यस्तै कार्यक्रममा ईटीएच ज्यूरिकका रणनीतिक व्यवस्थापन, इनोभेसनका अध्यक्ष तथा वरिष्ठ अन्वेषक डा. यशराज श्रेष्ठ, इम्पेरियल कम्प्युटर भिजन एण्ड लर्निंग ल्याबका पोस्ट डक्टरल रिसर्च एसोसिएट डा. बिनोद भट्टराई प्रस्तुती दिनेछन् ।

माउन्टेक सोलुसनले कोभिड १९ महामारीको बखत प्रत्येक शनिबार वेबिनार आयोजना गर्दैं आईरहेको छ । यो भन्दा अघिल्ला वेबिनारहरूको जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।