कीवर्डहरू -

आईटी तथा टेक रोजगारीमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

आईटी तथा टेक रोजगारीमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

डिजिटल संवादको १९ औं श्रृंखलामा आईटी तथा टेक रोजगारीमा डिजिटल संवाद हुने भएको छ । शनिबार ‘कोभिड १९ को समयमा र कोभिड पछि आईटी तथा टेक रोजगारी’ विषयमा अनलाइन छलफल हुने भएको हो ।

शनिबार दिउँसो १ बजेदेखि जुममार्फत सञ्चालन हुने कार्यक्रम डिजिटल संवाद, लिभिङ विथ आइसिटी लगायतका फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण हुनेछ ।

यस कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरु स्रोत व्यक्तिको रुपमा रहेका छन ।

कार्यक्रममा मेरो जब डटकमका प्रबन्ध निर्देशक शैलेस राज गिरी, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मनिनाथ गोप, कोटिभिटी नेपालका प्रोजेक्ट म्यानेजमेन्ट निर्देशक प्रकाश अर्याल र जेनश सोलुसनका ग्लोबल सिटिओ अञ्जनी फुयालको सहभागीता रहने छ ।

त्यस्तै कार्यक्रममा सफ्टेवरिका कलेज अफ आइटी एण्ड ईकमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेल, सारथीका सह संस्थापक प्रकाश न्यौपाने तथा क्लाउड फ्याक्ट्रीकी वरिष्ठ सफ्टवेयर इन्जिनियर माधुरी श्रेष्ठ समेत सहभागीता रहने छ ।

कार्यक्रमको सेसन चेयर पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले गर्नेछन । डिजिटल संवाद नेपालमा कोरोनाले निम्त्याएको संकटसँगै भएको लकडाउनदेखिनै सुरु भएको वृहत अनलाइन छलफल कार्यक्रम हो ।

यसमा प्रविधिका विभिन्न पक्षलाई सरकार, सरोकारवाला र डोमेन च्याम्पियनहरुलाई समावेश गर्दै खुल्ला राउण्ड टेवल डिस्कसनको फम्र्याटमा कार्यक्रम सञ्चालन भइरहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा इच्छुक जोकोहिले सहभागिता जनाउन सक्नेछन । कार्यक्रममा यहाँ क्लिक गरी सहभागी हुन् सकिनेछ । कार्यक्रम लाइभ हेर्नको लागि शनिबार ठिक १ बजे यो पेज मा जोडिन सकिनेछ । कार्यक्रम महिनाको पहिलो र अन्तिम शनिवार पाक्षिक रुपमा सञ्चालन हुदै आइरहेको छ ।