कीवर्डहरू -

पेट्रोल पम्पमा क्युआर कोड राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाइने, यस्तो छ तरिका

पेट्रोल पम्पमा क्युआर कोड राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाइने, यस्तो छ तरिका

पेट्रोल पम्प व्यवसायीहरुले आफ्नो व्यवसायमा क्यूआर भुक्तानी राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाउने भएका छन् ।

नेपालकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले क्युआर कोड राख्दा दैनिक कारोबार सजिलो बनाउन बिलिङ सफ्टवेयर पनि निशूल्क दिने भएको हो ।

यस सफ्टवेयरबाट आफ्नो सम्पूर्ण कारोबारका साथै आम्दानीको रियल टाइम जानकारी प्राप्त गर्न सकिने छ । पेट्रोल पम्प व्यसायीहरुले क्युआर कोड राख्न यहाँ क्लिक गरी फर्म भर्न सक्नेछन् ।

ईसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।