कीवर्डहरू -

डिशहोमले सञ्चालनमा ल्यायो सिनेमाघर इन्टरनेशनल, अब बलिउड चलचित्र हेर्न सकिने

डिशहोमले सञ्चालनमा ल्यायो सिनेमाघर इन्टरनेशनल, अब बलिउड चलचित्र हेर्न सकिने

नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुरु गरेको छ । हिजोदेखि रिलिज भएको चलचित्र ‘खाली पिली’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकले हेर्न पाउनेछन् ।

ग्राहकहरुको मनोरञ्‍जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिशहोमले सिनेमाघर इन्टरनेसनल च्यानल ९९९ सञ्‍चालनमा ल्याएको प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।

शुक्रबार नेपाल र भारतमा एकैपटक यो फिल्म रिलिज हुने उनले बताए । ५६५ रुपैयाँमा स-परिवारले यो चलचित्र हेर्न पाउने डिशहोमले जनाएको छ ।

‘विश्वका विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यु सेवा नेपालमा पहिलोपटक डिशहोमले सञ्‍चालन गरिरहेको छ । डिशहोमले पे पर भ्यु सेवामार्फत न्यूनतम मूल्यमा नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नम्बर १०८ ,८८८ र ५५५ यसअघि नै सफलताका साथ सञ्‍चालन गरिरहेको छ’ उनले भने ।

दैनिक आठ शो सञ्‍चालन हुने सिनेमाघर इन्टरनेसनल च्यानल नम्बर ९९९ मा चलचित्र ‘खाली पिली’ हेर्न सकिने डिशहोमले जनाएको छ ।

डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, एसएमएस गरेर वा नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेरसमेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।