कीवर्डहरू -

यी हुन् सफल ब्लगर बन्ने दश उपाय         

यी हुन् सफल ब्लगर बन्ने दश उपाय         

अहिलेको समयमा ब्लगरको पनि महत्व एकदमै बढदै गएको छ । कोहीले शौकको लागी पनि ब्लग गर्ने गर्दछन् । तर ब्लगको क्षेत्रमा राम्रो भविष्य बनाउन पनि मिल्छ । यसलाई राम्रै पेशाको रुपमा पनि स्वीकार्न थालिएको छ ।

केही सफल ब्लगरहरुले महिनाको हजारौँ डलर कमाउन थालेका छन् । तलका केही उपायहरु प्रयोग गरेर आफूलाई राम्रो ब्लगरको रुपमा स्थापित गर्न सकिन्छ ।

नौलो कन्टेन्ट लेख्ने

सर्च इन्जिनहरुले नक्कली कन्टेन्टहरुलाई खासै रुचाउदैनन् र दर्शकको अगाडि पनि देखाउँदैनन् ।  त्यही कारणले सकेसम्म ब्लगरहरुले केही नौलो र नयाँ कुरा प्रस्तु गर्न सक्नुपर्छ जसले गर्दा त्यसमा धेरै जनाको ध्यान जाने गर्दछ । यसतो कन्टेन्टहरु धेरैले पढ्न पनि रुचाउने गर्दछन् ।

आफ्नो कन्टेन्टलाई कीवर्डले जोड्ने

कीवर्ड भनेको कुनै पनि महत्वपूर्ण शब्द हो । यो कुरा हामीले विशेष गरी विकिपिडियामा देख्न सक्दछौँ । विकीपिडियाले थुप्रै लिङ्कहरुलाई कीवर्डको मद्दतले जोडेको हुन्छ ।

यसरी जोड्न सकियो भने पाठकहरुले तपाईको धेरै ओटा ब्लगहरु पढ्न सक्दछन् । यसले ब्लगरको पेज भ्यू पनि बढने गर्दछ । गूगलमा सर्चको ठाउँमा स्थान पनि राम्रो हुने गर्दछ ।

आफ्नो ब्लग या वेबसाइटसँग समबन्धित भएको लिङ्कहरु राख्ने

आफूले लेखेकै विषयमा कोही अरुले लेखेका छन् भने त्यस्तो ब्लगलाई आफ्नो ब्लग सँग जोडेर राख्दा पाठकहरुलाई तपाईहरुको लेखमा पहुँच पाउन अझै सहज हुन्छ । तर टेक्नोलोजीको बारेमा ब्लग हाल्दा त्यो सँग मिल्ने विषयमा लिङ्क हाल्यो भने मान्य हुन्छ ।

आफ्नै डोमेनमा ब्लगलाई हाल्ने

यदि आधिकारिक सफल ब्लगर बनेर पैसा कमाउनु परेमा वर्डप्रेस डटकम, ब्लगस्पट डटकम जस्तो डोमेन प्रयोग गर्नु हुदैन । आफ्नै डोमेन प्रयोग गर्दा मात्रै सफल हुन सकिन्छ ।

यसले तपाईलाई एउटा ब्रान्डको रुपमा स्थापित गर्न सक्छ । अगाडि बढ्नमा उसले पनि महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

पाहुना ब्लगरहरुलाई आमन्त्रण गर्ने

कोही प्रख्यात ब्लगरहरुलाई भनेर कुनै विषयमा थोरै लेख्न  लगायो भने आफ्नो पनि ब्लग चर्चित बन्न सक्छ । ती व्यक्तिहरुलाई पनि मलाई याद गरे भनेर खुशी लाग्छ र आफ्नो पनि काम समापन हुन्छ ।

चर्चा भएको विषयमा लेख्ने

केही विषयहरु चर्चामा हुने गर्दछन् तर ती विषयहरुको ठ्याक्कै जवाफ नआएको हुन सक्छ । यस्तो विषयहरुलाई सन्दर्भ बनाएर लेख्यो भने सफलता हासिल गर्न सकिन्छ ।

आफ्नो पाठकहरु सँग कुराकानी गर्नुपर्छ

तपाईको ब्लगको पाठकहरुले तपाई उहाहरुलाई याद गर्नुहुन्छ भन्ने लाग्नुपर्छ । यसका लागी कमेन्टहरुमा राम्ररी रिप्लाई गर्ने र केही प्रश्न भएमा भरसक उत्तर दिने प्रयत्न गर्नुपर्छ । केही सुझाव आएमा स्वीकार्ने र कसको सुझाव थियो भनेर क्रेडिट दिने जस्तो गर्नुपर्छ ।

कमेन्ट गर्न प्रोत्साहन गर्ने

आफ्नो पाठकहरुलाई कमेन्ट गर्न प्रोत्साहन गर्नुपर्छ । यसको लागी तपाईले केही प्रश्न या सुझाव पनि माग्न सक्नुहुन्छ । कमेन्ट गर्नलाई यूजर मैत्री बनाउनु पर्छ ।

आफ्नो कन्टेन्टमा सब्सक्रिप्सन सजिलो बनाउने

केही ब्लगरहरुले एकदमै राम्रो लेखेता पनि सब्सक्रिप्सनको विकल्प भने दिने गर्दैनन् । तपाईको पाठकहरुले सधैँ ब्लग यूआरएल याद नगर्न सक्छन् ।

सब्सक्राइबको विकल्प रहेमा पाठकहरुले तपाईले हाल्नु भएको छ भनेर जानकारी पनि प्राप्त गर्छन र पढन पनि सजिलो हुन्छ ।

सामाजिक सञ्जाल प्रयोग गर्ने

आफ्नो ब्लगलाइ ब्रान्डको रुपमा स्थापित गर्नका लागी सामाजिक सञ्जाल प्रयोग गर्नुपर्दछ । सामाजिक सञ्जाल बाट आफ्नो ब्लगलाई बढावा दिन सकिन्छ ।