कीवर्डहरू -

टुरिष्ट बसहरुको टिकट अब अनलाइनबाटै लिन सकिने

टुरिष्ट बसहरुको टिकट अब अनलाइनबाटै लिन सकिने

टुरिष्ट बस एशोसियन अफ नेपाल (टिबान) का सबै बसको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने भएको छ।

आफ्ना सबै बसहरुको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यका साथ टिबानले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसिआरसी) सँग सम्झौता गरेको छ ।

एसोसिएसनले ईसीआरसीसँगको सम्झौतापछि आफ्ना नेपालभर सञ्चालन हुने टुरिष्ट बसहरुको टिकट अनलाइनमार्फत नै बुकिङ्ग गरि बिक्री गर्न सक्नेछ ।

सम्झौतापत्रमा टिबानका अध्यक्ष ईश्वर प्रसाद उपाध्यक्ष तथा इसिआरसीका अध्यक्ष संजीत पौडेलबीच हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातको रुपमा सञ्चालनमा रहेका सवारी साधनहरुको टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिनेछ ।