कीवर्डहरू -

बैंक अफ काठमाण्डूको ग्रिन पिन सेवा सुरु, अब एटिएमबाटै पिस सेट तथा रिसेट गर्न सकिने

बैंक अफ काठमाण्डूको ग्रिन पिन सेवा सुरु, अब एटिएमबाटै पिस सेट तथा रिसेट गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ ।

यस सुविधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् ।

नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर ‘इन्टर योर ओटीपी’ मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्ने बैंकले जनाएको छ ।

यस पश्चात कार्ड बाहकले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने छ ।