कीवर्डहरू -

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले अब मोरु डिजिटल वालेटमा रकम लोड गर्न सक्ने

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले अब मोरु डिजिटल वालेटमा रकम लोड गर्न सक्ने

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको मोरु डिजिटल वालेट बीच सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत सांग्रिला बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ तथा मोबाईल बैंकिङको प्रयोग गरी मोरू डिजिटल वालेटमा रकम लोड गर्न सक्ने छन ।
मोरु डिजिटल वालेटबाट मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महशुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिने छ ।

मोरु डिजिटल वालेटको एड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । भने आईओएसको लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।