साइबर अपराध सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय झापामा भिडियो कन्सफ्रेन्स मार्फत साइबर अपराध सम्बन्धि सचेतानमूलक कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले कार्यकक्षबाटै साइबर अपराध घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा तथा बेफाईदा र कानुनी प्रावधानका बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।
भिडियो कन्फ्रेन्समा नगर बाल सञ्जाल दमक, कन्काई, एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिश बोर्डिङ स्कुल दमकका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसको उच्च जोखिम कारण समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।