कीवर्डहरू -

ई फार्मले सुरु गर्‍यो दशैंका लागि खसी बुकिङ

ई फार्मले सुरु गर्‍यो दशैंका लागि खसी बुकिङ

ई फार्ममा अनलाइनबाटै मासुजन्य पदार्थको बुकिङ सुरु भएको छ । खसी, च्याङग्रा, लोकल कुखुरा, कालो (कडकनाथ) कखुरा र कालिजको बुकिङ सुरु गरेको ई फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए।

धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा होम डेलिभरी गर्ने बताइएको छ ।

प्रि-बुकिङमा जिउँदो खसी, च्याङग्रा र  सिङ्गै खसी लैजान नसक्नेको लागि ५ केजिभन्दा माथीको अर्डर दिन सक्नेछन्। इ फार्मले ५ हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको खण्डमा १० प्रतिशत सम्म छुट दिने श्रेष्ठले बताए ।

ई फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र वेबसाइट (www.efarm.live)बाट र ९८०१८५५५०५ मा फोन गरेर पनि बुकिङ गर्न सकिनेछ। वेबसाइटको प्रि बुकिङको अप्सनमा गएर आफ्नो जानकारी भरेर अर्डर गर्न सकिने बताइएको छ।

‘हाम्रो आफ्नै मासु काट्ने ठाउँ छ, त्यहाँ आएर उपभोक्ता आफैले खसी तथा च्याङ्ग्रा रोजेर लैजान सकिने र सामाजिक संजाल मार्फत भिडियो कल गरेर पनि खसी तथा च्याङग्रा हेरेर, रोजेपछि जिउँदो चाहे जिउँदै र काटेर चाहे काटेरनै होम डेलिभरी गर्ने योजनामा छौं।’ श्रेष्ठले भने ‘कोरोनाको समय भएकाले भर्चुअल बुकिङलाई जोड दिदैछौं, उपभोक्ता फार्ममै आउन चाहेको खण्डमा हामी भौतिक दुरी कायम गरेर एक÷एक जनालाई मात्र फार्म प्रवेश गराउँछौं।’

करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै भएको श्रेष्ठले बताए।