कीवर्डहरू -

सवारी साधन हराए वा चोरी भए यसरी दिनुहोस् अनलाइबाटै निवेदन

सवारी साधन हराए वा चोरी भए यसरी दिनुहोस् अनलाइबाटै निवेदन

अब हराएको वा चोरी भएको सवारी साधनको विवेदन अनलाईनबाटै दिन सकिने भएको छ । ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउदै सेवाग्राहीलाई थप सहज र सरल बनाउन प्रहरी प्रधान कार्यालयको सहयोगमा हराएको वा चोरी भएको सवारी साधनको विवेदन अनलाईनबाटै दिने व्यवस्थाको शुरुवात गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि लस्ट एण्ड फाउन्ड भेहिकल म्यानेजमेन्ट सिस्टम सफ्टवेयर सञ्चालनमा ल्याएको बताए ।

अनलाईन सेवा सुरु भएसँगै निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरैबाट निवेदन दिन सकिने र सवारी साधन फेला परेको जानकारी लिन सकिने उनले बताए ।

यसको लागि सवारी धनीले अब यहाँ क्लिक गरी फर्म भर्नुपर्ने हुन्छ । त्यसपछि सेवाग्राहीले हराएको सवारी साधनको विवरण, सवारी धनीको विवरण, हराएको स्थानको विवरण, निवेदकको विवरण लगायतको जानकारी दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गर्नुहोस । यति गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको थाहा यहाँ क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नु पर्नेछ ।

यस अघि लाईसेन्स, बिल बुक र पर्मिट हराएको निबेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरेको थियो । असोज ५ गतेदेखि शुरु भएको अनलाइन सेवाबाट ९४९ जना सेवाग्राहीले अनलाईबाटै सेवा प्राप्त गरेका छन ।