कीवर्डहरू -

प्रयोगकर्ता आफैले मेरो शेयरको पासवर्ड रिसेट गर्न मिल्ने बनाइँदै

प्रयोगकर्ता आफैले मेरो शेयरको पासवर्ड रिसेट गर्न मिल्ने बनाइँदै

मेरो शेयर वेबसाइटको पासवर्ड प्रयोगकर्ताले आफैले रिसेट गर्न मिल्ने बनाइने भएको छ । निकट भविष्यमै सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएस) ले प्रयोगकर्ता आफैले मेरो शेयरको पासवर्ड रिसेट गर्न मिल्ने फिचर ल्याउने भएको हो ।

अहिले पासवर्ड बिर्सेको खण्डमा क्यापिटल वा ब्रोकेर कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ । यो व्यवस्था भएपछि प्रयोगकर्ताले पासवर्ड बिर्सेको समयमा आफै पासवर्ड रिसेट गर्न सक्नेछन् ।

सीडीएससीले हालै पासवर्ड हाल्न १०० पटकसम्म ट्राई गर्न मिल्ने सुविधा ल्याएको पनि छ र पासवर्ड ६ महिनापछि मात्रै परिवर्तन हुने व्यवस्था गरेको छ ।