कीवर्डहरू -

आठ जीबी र्‍याम भएको ओप्पो एफ १७ नेपालमा, कति होला मूल्य ? 

आठ जीबी र्‍याम भएको ओप्पो एफ १७ नेपालमा, कति होला मूल्य ? 

नेपालमा आजदेखि ओपो एफ १७ को विक्री खुल्ला गरिएको छ । सेप्टेम्बर २७ का दिन ओपो एफ १७ प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाचका साथमा ओपो एफ १७ पनि सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिए तापनि कार्यक्रम मार्फत फोनको फस्ट सेल मिति बारे मात्र जानकारी दिइएको थियो । आजदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ १७ को बजार मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

जम्मा ७.४५ एमएम मोटाई र १६३   ग्राम वजन रहेको ओपो एफ १७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दावी छ ।

ओपोको नेपाल भर रहेका प्रमुख विक्रि केन्द्रहरु मार्फत एफ १७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८ जीबी र १२८ जीबी भेरियन्टमा सार्वजनिक गरिएको हो ।

ओपो एफ १७ का विशेषता बारे संक्षिप्त जानकारी

ओपो एफ १७ को एक प्रमुख विशेषता मध्य यसको वजन पनि एक हो । कम्पनी काप्रो भर्जनका तुलनामा एफ १७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ ।

त्यसैगरी प्रो भन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ १७ म स्न्यापड्रागन ६६२ एसओसी ओक्टा कोर चिपसेट रहेको छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ ।

ओपो एफ १७ मा सेल्फी क्यामेराका लागि वाटर ड्रप नोचका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको ब्यवस्था गरिएको छ । साथै, फोनमा ईन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।

त्यसैगरी फोनको पछिल्लो भागमा १६ मेगापिक्सेल क्षमताको प्राइमरी शुटर, ८ मेगापिक्सेल वाइड एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सर सहित क्वाड क्यामेरा सेटअप दिइएको छ ।

त्यसैगरी, फोनको अघिल्लो भागमा १६ मेगापिक्सेल क्षमताको शुटरको ब्यवस्था फोनमा रहेको छ । यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप सी पोर्ट मार्फत सपोर्ट हुने ३० वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ ।

नेपाली बजारमा लेडर जस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।