कीवर्डहरू -

गूगल मिटमा क्युएनए र पोल फिचर आउँदै

गूगल मिटमा क्युएनए र पोल फिचर आउँदै

कोरोना महामारीसँगै भिडियो कन्फेरेन्सको प्रयोग बढ्दो मात्रामा छ । भिडियो कन्फेरेसिङ सफ्टवेयरले गर्दा महामारीको समयमा सहज भएको छ ।

भिडियो कन्फेरेन्सिङको लागि जूम, माइक्रोसफ्ट टिम्स तथा गूगल मिट चर्चामा छन् । यी सफ्टवेयरहरुले नयाँ नयाँ फिचर पनि ल्याइरहेका छन् ।

यसैबीच भिडियो कन्फेरेन्सिङ सफ्टवेयर गूगल मिटले २ ओटा नयाँ फिचर ल्याउने भएको छ । अक्टोबर ८ देखि गूगल मीटले क्युएनए र पोल फिचर ल्याउने भएको हो ।

क्युएनए फिचरले गर्दा प्रयोगकर्ताहरुले थुप्रै सहभागीहरु सँग अन्तरक्रिया गर्न सक्छन् । यो पढाई र काम दुवै क्षेत्रमा उपयोगी हुनेछ । क्युएनएको सहयोगले कललाई कुनै फरक नपारिकनै आफ्नो विचार र प्रतिक्रिया राख्न सकिन्छ । आयोजकले ती प्रश्नहरुलाई सम्बोधन गर्न पनि सजिलो हुन्छ ।

त्यस्तै पोल फिचरको सहयोगले सहभागीहरुको मनसाय बुझ्न सकिन्छ । कुनै पनि विषयमा त्यही समयमा प्रतिक्रिया पनि दिन सकिन्छ ।

एजेन्सीको सहयोगमा