कीवर्डहरू -

नामी कलेजमा हल्ट प्राइज आयोजना हुने

नामी कलेजमा हल्ट प्राइज आयोजना हुने

जोरपाटी स्थित नामी कलेजमा हल्ट प्राइज आयोजना हुने भएको छ । कलेजमा पहिलो पटक हल्ट प्राइज आयोजना हुन लागेको हो ।

कोरोना महामारीको कारण यो वर्ष अनलाइन मार्फत प्रतिस्पर्धा हुनेछ । नामी कलेजमा क्याम्पस प्रतिनिधि अनिसा चापागाईको नेतृत्वमा १३ जनाको आयोजना समिति बनाइएको छ ।

दिगो विकासका लक्ष्यहरुलाई मध्यनजर गर्दै यस वर्ष ‘फुड फर गुड’ विषयमा केन्द्रित रहेर प्रतिस्पर्धा हुनेछ । यसमा विद्यार्थीहरुले आफ्नो समूह बनाएर पनि प्रतिस्पर्धा गर्न पाउने छन ।

यस चुनौतीमा उत्कृष्ट सामाजिक व्यवसायिक योजना प्रस्तुत गर्ने विद्यार्थी समूहले अघिल्लो चरणको क्षेत्रीय प्रतिस्पर्धाको लागि छनौट हुने अवसर पाउने छन् । एक बर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोबल विजेताले दश लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने छन ।

सन् २००९ बाट शुरु भएको र पहिलो वर्षमा नै पच्चीस देशका एक हजार विद्यार्थी सहभागी भएका हल्ट प्राइजको प्रतिस्पर्धामा अहिले विश्वका एक सय बीस देशका दुइ हजार भन्दा बढी विश्वविधालयका विद्यार्थीहरुले भाग लिने गरेका छन ।