कीवर्डहरू -

गूगलले आगामी तीन वर्षमा समाचार प्रकाशकहरुलाई १ बिलियन डलर दिने

गूगलले आगामी तीन वर्षमा समाचार प्रकाशकहरुलाई १ बिलियन डलर दिने

गूगलले आउँदो तीन वर्षमा समाचार प्रकाशकहरुलाई १ बिलियन अमेरिकी डलर दिने भएको छ । यो भुक्तानी गूगलले आफ्नो नयाँ एप गूगल न्युज शोकेसमा समाचार हाल्नको लागी क्षतिपूर्ति दिने भएको हो ।

त्यो एपमा एकदमै राम्रो न्यूजरुमबाट पनि सम्पादकीयहरु हालिने छ । यसले पाठकहरुलाई कुनै पनि विषयमा बढि जानकारी दिने गर्दछ । यसले प्रकाशकहरुलाई पनि पाठकहरुसँग राम्रो सम्बन्ध बनाउने मौका पनि दिनेछ ।

गूगललाई पत्रपत्रिका, वाचडग संस्था र एन्टीट्रस्ट रेगुलेटरबाट अर्काको लेखबाट फाइदा कमाएको भनेर थुप्रै आलोचना आउन थालेपछि यो नीति ल्याइएको हो ।

गूगलका अनुसार न्युज शोकेस भने जर्मनी र ब्राजिलमा सुरु गरिसकेको छ र बिस्तारै अरु  देशहरुमा पनि लञ्च गरिनेछ । यसमा आधारभूत रुपमा भने समाचारहरु नै प्यानेलको रुपमा हुनेछ ।

एजेन्सीको सहयोगमा