कीवर्डहरू -

युएनओपीएसद्वारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण

युएनओपीएसद्वारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण

युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपीएस) ले युके एडको सहयोगमा मोर्डनाइजेसन एण्ड इम्प्रुभमेन्ट अफ पुलिसिङ प्रोजेक्ट (एमआईपीपी) परियोजना मार्फत नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच युएनओपीएस नेपालका कन्ट्री निर्देशक चार्लेस क्लाननले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

प्राप्त कम्प्युटरहरु आवश्यकता अनुसार महिला बालबालिका तथा जेष्ठ नागिरक निर्देशनालय लगायत नेपाल प्रहरीका विभिन्न ईकाईहरुको काममा प्रयोग गरिने जानकारी दिइएको छ ।