कीवर्डहरू -

फेसबुकको प्रयोग गरी लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ

फेसबुकको प्रयोग गरी लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ

सामाजिक संजाल फेसबुकको प्रयोग गरि लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाल रहेकी छन् ।

सामाजिक संजाल फेसबुकमा डा. जेम्स सोनार र जेम्स एन्डी नामबाट साथी बनाई विवाह गर्छु सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु भनि प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।