कीवर्डहरू -

अनलाईन मार्फत आईपीएलमा सट्टाबाजी गर्ने एक जना पक्राउ

अनलाईन मार्फत आईपीएलमा सट्टाबाजी गर्ने एक जना पक्राउ

ईन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित प्रितत ट्रेडिङ एण्ड सप्लायर्सका संचालक ३७ वर्षीय संजिब गुप्ता रहेका छन् ।

आइपीएलमा कुनै खेलाडी आउट भएमा, रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा टिमले जितेमा वा हारेमा समेत अनलाईन मार्फत रकम दाउमा लगाई धनगढी बजारका विभिन्न व्यक्तिहरुलाई सट्टाबाजी खेल खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सट्टाबाजीमा प्रयोग भएको २ थान मोबाइल सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कैलालीबाट जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।