कीवर्डहरू -

एक्सप्रेस वाईफाईको सेवा दिन फेसबुकसँग वर्ल्डलिङ्क कम्युनिकेशन्सको सहकार्य

एक्सप्रेस वाईफाईको सेवा दिन फेसबुकसँग वर्ल्डलिङ्क कम्युनिकेशन्सको सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गरेको छ । कम्पनीले यसको आधिकारिक जानकारी पत्रकार सम्मेलन मार्फत आगामी बिहीबार दिदैछ ।

फेसबुकले उपलब्ध गराउँदै आएको एक्सप्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा पनि उपलब्ध गराउन वर्ल्डलिंकले सहकार्य गरेको हो ।

हाल वर्ल्डलिंकले देशभर १० हजार सार्वजनिक स्थानमा वाइफाई हटस्पटहरु सञ्चालन गरिरहेको छ । वर्ल्डलिंकका सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी सहकार्य भइरहेको छ ।

यस सफ्टवेयरको कारण नेपालमा सञ्चालनमा रहेको निःशुल्क वाईफाई हटस्पटमा इन्टरनेटको गुणस्तर बढाउन मद्धत पुग्ने कम्पनीले विश्वास गरेको छ ।