कीवर्डहरू -

इन्स्टाग्रामको एक दशक पुरा, ल्यायो नयाँ फिचर

इन्स्टाग्रामको एक दशक पुरा, ल्यायो नयाँ फिचर

इन्स्टाग्राम स्थापना भएको दश वर्ष पुरा भएको भएको छ। यही एक दशक पुरा हुनु लगत्तै इन्स्टाग्रामले केही फिचरहरु ल्याएको छ ।

यसमा साइबरको प्रयोगले गर्ने बदमाशी रोक्ने, आइजीटीभी सपिङ्, प्राइभेट स्टोरी म्याप जस्ता फिचरहरु रहेका छन् ।  आगामी केही महिनामा इन्स्टाग्रामले धेरै किसिमको परिवर्तनहरु ल्याउने बताइएको छ ।

एन्टी बुलिङ् फिचर अन्तरगत इन्स्टाग्राममा कसैले कुनै कमेन्ट रिपोर्ट गरेको खण्डमा त्यस्तो कमेन्ट फेरि आयो भने इन्स्टाग्रामले ती कमेन्टहरुलाई हाइड गरिदिन्छ ।

यसले कमेन्ट ट्रयाकर पनि ल्याउने भएको छ जसले गर्दा पटकपटक आपत्तिजनक कमेन्ट गरिरहनेलाई इन्स्टाग्रामले भेटयाउन सक्दछ ।

आइजीटीभी सपिङमा अब प्रयोगकर्ताहरुले आइजीटीभीको भिडियो हेरेर सामान किन्न र बेच्न पाउँनेछन् । स्टोरिज म्याप फिचरमा भने तीन वर्षमा हालेको स्टोरीहरु हेर्न मिल्छ । यो आफूले नीजि रुपमा हेर्न सकिन्छ ।