कीवर्डहरू -

गूगलको जी सुइट अब गूगल वर्कस्पेस

गूगलको जी सुइट अब गूगल वर्कस्पेस

गूगलले जीसुटलाई ‘गूगल वर्कस्पेस’ को रुपमा रिब्राण्डिङ गरेको छ । वर्कस्पेसमा अब जीमेल, ड्राइभ, डक्स, मीट, सीट्स र क्यालेन्डर लगायत अन्य एप समावेश रहेका छन् ।

गूगलले नयाँ कोलाबोरेसन टुल र गूगल मिट एकीकृत गरी वर्कस्पेसको सुरुवात गरेको छ । कम्पनीले गूगल मीटलाई यसअघि जीमेलमा जोडेको थियो । गूगलले धेरै जना प्रयागेकर्ता बनाउनका लागी आफ्नो सबै एपहरुलाईसँगै जोडिरहेको छ ।

त्यसैगरी गूगल वर्कस्पेसले जीमेल लगायत अरु एपहरुको आइकन समेत परिवर्तन गरेको छ । गूगलले जीमेलको लोगोबाट खाम पनि हटाएको छ ।