कीवर्डहरू -

फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज

फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज

जीओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ । फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् ।

१५०० सी सी ड्रयागन सीरीज इन्जिन जडित,  १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी हो ।

यसै शक्तिलाई प्रमाणित गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति  अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर  च्यालेन्ज योजना ल्याएको छ ।

ग्राहकले यस योजनामा भाग लिन न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ । त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछ र फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्छन् ।

कम्पनिका अनुसार इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्ग रकम भन्दा दोब्बर रकम फिर्ता पाउने छन् ।

सन २०२० मा बनेको ईकोस्पोर्ट भारत स्टेज (बीएस-भिआईमा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ ।

पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लि टिआई भिसिटी पेट्रोल ईन्जिन     समावेश छ     । जसले १२२ पीएस पावर/१४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच     स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध     छ ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभिआईमा आधारित टिडिसिआई    डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ ।

२०२० ईकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको बताइएको छ । यसमा चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ ।