ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यससँगै अब सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनु नपर्ने भएको छ ।
बुधबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आईएमई पे डिजिटल वालेटको माध्यमबाट सजिलै भुक्तानी गर्न सकिने जानकारी दिइएको छ ।