कीवर्डहरू -

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता भएको छ । बुधबार उक्त ‍समझदारी पत्रमा नेपाल महिला चेम्बरको तर्फबाट सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमको तर्फबाट प्रबन्ध निर्देशक शैलेस लोहनीले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा बोल्दै नेपाल महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगको साथै चेम्बरसँग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको व्यापार अभिवृद्धि गर्न सोचेको डटकम पोर्टलद्वारा एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान बिक्री वितरण गर्न लागिएको र यो व्यवस्था प्रभावकारी हुने अपेक्षा रहेको बताइन ।

नेपाल महिला चेम्बर नेपालका महिला उद्यमीहरुको साझा छाता संगठनको रुपमा रहेको र यसले महिला उद्यमीहरुका हकहितका  लागि विभिन्न कार्य गर्दै आइरहेको छ ।

नेपाल महिला चेम्बर र सोचेको डटकमबीचको समझदारी पत्रले महिला व्यसायीहरुको व्यापार वृद्धि हुने र हाल कोभिड १९ को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङको सम्भावना र सम्भाव्यता अझ बढिरहेको श्रेष्ठले बताइन  । साथै यसबाट सबै आम उपभोक्तालाई स्वास्थ्यका दृष्टिले र आर्थिको दृष्टिले समेत लाभान्वित हुने उनले बताइन ।

\"\"

यस्तै सो कार्यक्रममा सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेस लोहनीले सोचेको डटकम नेपालको एक लोकप्रिय अनलाइन सपिङ कम्पनी रहेको र विगत केही वर्षदेखि सञ्चालित यस कम्पनीले छोटो समयमा नेपाली ग्राहकको मन जित्न सफल भएको बताए ।

उनले अनलाइन सपिङ मार्फत विभिन्न उत्पादक तथा विक्रेताहरुको उत्पादनलाई बिक्री वितरण गर्न मद्धत गर्ने तथा तीनका उत्पादनहरुलाई बजारीकरण गर्दै आएको समेत बताए ।

नेपालको प्रविधि क्षेत्रको एक अग्रणी संस्था मेगा टेक ग्रुप प्रवर्धक रहेको यस कम्पनी नेपाली उद्यमशील युवाहरुबाट सञ्चालित तथा पूर्ण रुपमा नेपाली लगानीमा सञ्चालित अनलाइन सपिङहरु मध्ये अग्रणी स्थानमा रहेको लोहनीले जानकारी दिए ।

समझदारी पत्रमा महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डटकमको वेबसाइट राखिने, वेबसाइट सम्बन्धि तथा डिजिटल मार्केटिङको तालिम उपलब्ध गराउने, उत्पादनहरुको फेसबुक लगायतका विभिन्न माध्यमहरुबाट विज्ञापन गर्नका साथै उद्यमीहरुलाई आवश्यकपर्ने ब्राण्ड मेनेजमेन्ट लगायतका तालिम उपलब्ध गारउने, जिल्लाका उद्यमीहरुलाई यथासिघ्र यो योजनामा सामेल गराउने कार्यक्रम र लक्ष्य रहेको छ ।

यो कार्यक्रम सिमित सहभागिता र सामाजिक दूरी कायम लगायत सबै स्वास्थ्य प्रोटोकल पुरा गरी सम्पन्न गरिएको छ ।

सोचेको डटकम संजाल काठमाडौंमा मात्र नभएर अन्य सहरहरुमा समेत शाखा संचालनमा रहेको छ । सोचेको डट कमले प्रत्यक्ष रुपमा करिब ५० जनालाई र अप्रत्यक्ष रुपमा २०० बढिलाई रोजागारी दिइरहेको छ । यसमा महिला कर्मचारीहरुलाई उच्च दर्जामा समेत कार्य गराउदै आएको छ ।

बेबसाइटमा दैनिक ५००० भन्दा बढिले भिजिट गर्ने र सोही अनुरुप काठमाडौ उपत्यका र अन्य जिल्लामा समेत गरेर दैनिक ५०० बढि अडरहरु आउने गरेका छन र यसका ५० हजार भन्दा बढी नियमित ग्राहकहरु समेत रहेका छन ।