कीवर्डहरू -

स्वीकृति नलिई चलचित्र, टेलिचलचित्र, टिकटक भिडियोमा प्रहरी पोसाक प्रयोग गर्न नपाइने

स्वीकृति नलिई चलचित्र, टेलिचलचित्र, टिकटक भिडियोमा प्रहरी पोसाक प्रयोग गर्न नपाइने

विभिन्न चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक प्रयोगमा कडाई गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्सालको जनसम्पर्क तथा प्रचार-प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ ।

प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार-प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन प्रहरीले आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

\"\"