कीवर्डहरू -

‘ईसेवा ह्याक भएको छैन्, सावधानीको लागि पासवर्ड परिवर्तन गर्न अनुरोध गरिएको हो’ - ईसेवा

‘ईसेवा ह्याक भएको छैन्, सावधानीको लागि पासवर्ड परिवर्तन गर्न अनुरोध गरिएको हो’ - ईसेवा

ईसेवाको केही ग्राहकसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालमा राखि ईसेवा ह्याक भयो भनि गलत तथा भ्रामक जानकारी फैलाइएकोमा गम्भिर ध्यानाकर्षण भएको ईसेवाले जनाएको छ ।

ईसेवाले शुक्रबार एक सूचना सार्वजनिक गर्दैं गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएको हो ।

\"\"

उक्त सूचनामा भनिएको छ, ‘विभिन्न फिसिङ स्क्याम सञ्चालन गरी संकलन गरिएको डाटा तथा सामाजिक सञ्जाल र अन्य श्रोतहरुबाट उपलब्ध डाटाहरुको  दूरुपयोग गरी हाम्रा केही ग्राहकसँग सम्बन्धित विवरणमा पहुँच स्थापना गरेको पूर्व जानकारीमा आएकोले पूर्व जानकारी सावधानीको लागि वेब ब्राउजरबाट ईसेवा प्योग गर्ने ग्राहकको पासवर्ड परिवर्तन गर्न अनुरोध गरिसकेका छौं ।’

‘ईसेवाले प्रदान गर्ने सेवा, ग्राहक सम्बन्धि जानकारी र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुरामा सम्पुर्ण सेवाग्राही ढुक्क हुन् अनुरोध गर्दछौं’ सूचनामा भनिएको छ ।

साइबर सुरक्षाको चुनौतिलाई ध्यान दिदै विशेष गरी आफ्नो पासवर्ड, ओटीपी लगायत अन्य जानकारी गोप्य राख्न र पासवर्ड बेला बेलामा परिवर्तन गर्न पनि ग्राहकलाई अनुरोध गरिएको छ ।

ईसेवा आईएसओ २७००१ २०१३ प्रमाणपत्र प्राप्त गरेको संस्था हो ।