कीवर्डहरू -

वालेटबाट राजस्व भुक्तानी गर्दा आगामी पुस मसान्तसम्म कुनै शूल्क नलाग्ने

वालेटबाट राजस्व भुक्तानी गर्दा आगामी पुस मसान्तसम्म कुनै शूल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले डिजिटल वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा ग्राहकहरुलाई लाग्ने शूल्क निर्धारण गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार एक निर्देशिका जारी गर्दै वालेट मार्फत गरिने राजस्व भुक्तानी गर्दा लाग्ने शूल्क निर्धारण गरेको हो ।

अबदेखि राजस्व भुक्तानी गर्दा सेवा प्रदायकले ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शूल्क लिन पाउने छन् । सो निर्देशिका अनुसार १ हजार रुपैयाँसम्मको कारोबार गर्दा शूल्क लाग्ने छैन् । भने १ हजार १ देखि ३ हजार सम्मको कारोबार गर्दा प्रति कारोबार ५ रुपैयाँसम्म शूल्क लाग्ने छ ।

त्यस्तै ३ हजार १ देखि १० हजारसम्मको राजस्व भुक्तानी गर्दा प्रति कारोबार १० रुपैयाँसम्म शूल्क लाग्ने छ । त्यसैगरी १० हजार १ देखि माथिको राजस्व भुक्तानी गर्दा ३० रुपैयाँसम्म शूल्क लाग्ने छ । साथै वालेटबाट राजस्व भुक्तानी गर्दा आगामी पुस मसान्तसम्म शूल्क लिन पाइने छैन् ।