कीवर्डहरू -

शनिबारदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सुरु हुँदैं

शनिबारदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सुरु हुँदैं

शनिबार बिहान १० बजेदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सुरु हुने भएको छ ।

१४ जनाको जुरी समितले चार विधामा उत्कृष्ट १२ छनौट गरेपछि शनिबारदेखि प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सुरु हुने भएको हो ।

आइसिटी स्टार्टअप अवार्ड २०२० का उत्कृष्ट १२, प्रोडक्ट आइसिटी अवार्ड २०२० का उत्कष्ट १३, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० का उत्कृष्ट १२ र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स अवार्ड २०२० का उत्कृष्ट १४ ले प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसनमा सहभागी जनाउने आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो ।

विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । भदौ अन्तिम सातादेखि शुरू भएको छनौट प्रक्रिया जारी रहेको छ ।

यो पनि पढनुहोस्ः को को छानिए उत्कृष्ट १२ मा ?